कोहलपुर–सुर्खेत प्रशारण लाइन छिटो सक्न मुख्यमन्त्रीको चासो

३१, बैशाख, कोहलपुर । सुर्खेत १३२ केभी विद्युतको निर्माणधिण प्रशारण लाइनमा देखिएको समस्यका बारेमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना प्रमुख लगाएतसँग छलफल गरेका छन् ।

आइतबार भएको उक्त छलफलमा मुख्यमन्त्री कँडेलले प्रशारण लाइन निर्माण गर्दा कहाँ कहाँ समस्य देखिएका छन् त्यस्ता खालका समस्य हटाउनका लागि भइरहेका पहलमा विषयमा चासो व्यक्त गरेका थिए । सुर्खेतको सुब्बाकुना, बाँर्केको गाभर र निकुन्ज क्षेत्रभित्र भएका समस्यका विषयमा आयोजना प्रमुख रविकुमार चौधरीले मुख्यमन्त्री कँडेललाई जानकारी गराएका थिए ।

संघ सरकारको मताहातमा रहेको १३२ केभी प्रशारण लाइनका विषयमा थप समस्य हल गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेत, बाँर्केलाई समेत समन्वय गर्न मुख्यमन्त्री कँडेलले अनुरोध गरेका थिए । सम्वन्धित पालिकाका प्रमुखलाई समेत तत्काल समस्य हल गर्न सहजिकरण गरिदिन अनुरोध गरेको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।

अहिले ३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत सेवा सञ्चालनमा रहेको छ। पटक ,पटक म्याद थपेर १३२ केभी प्रशारण लाइनको काम भइरहेको छ। निकुन्ज भित्र रुख कटान देखि कटान गरिएका रुख बराबरको जमिन निकुन्जलाई उपलब्ध गराउने सम्मका कामहरु भइरहेका छन् । ३२ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन कोहलपुर–सुर्खेतमा शुरू गरिएको १३२ केभी प्रसारण लाइनको निर्माण अझै ढिलो भएपछि मुख्यमन्त्रीले चाँसो देखाउनु भएको हो ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २०७६ असार २२ गते ठेक्का लिई काम शुरू गरेको लामो समयसम्म प्रसारण लाइनको काम पूरा नगर्दा कर्णालीमा विद्युत्को समस्या हुँदै आएको छ। सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण कम्पनीले विद्युत् प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिदलगायत सम्पूर्ण काम गरिसक्नुपर्ने भए पनि अझै काम सम्पन्न हुनसकेको छैन ।

कम्पनीले विभिन्न कारण देखाउँदै २०७८ भदौदेखि काम सुरू गरेकाले ढिला भएको हो । निर्माण कम्पनीले कतै पनि अवरोध नभए २०८१ को दशैँसम्म काम पूरा हुने बताएको छ । ३२ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन कोहलपुर–सुर्खेतमा शुरू गरिएको १३२ केभी प्रसारण लाइनको निर्माण अझै ढिलो हुने देखिएको छ। ६३ बिघा जमिन खरिद गरेर बर्दिया राष्ट्रिय निकुञ्जलाई दिइसकेकोले अब रूख कटानको काम हुने आयोजनाले बताएको छ ।

रूख कटानबापत जग्गा नै निकुन्जलाई दिनुपर्ने भएपछि ६३ बिघा जग्गा खरिद गरेर निकुञ्जलाई उपलब्ध गराएको हो । लाइन विस्तारका लागि १३ हजार रुख कटान गर्नुपर्नेछ । त्यसमध्ये सुर्खेतमा ६ हजार ८८०, बर्दियामा तीन हजार ३२०, बाँकेमा दुई हजार ९१९ बराबर रूख काट्नुपर्ने देखिन्छ । यो लाइन विस्तार नहुँदा कर्णालीका नागरिकले चर्को मात्रामा अनियमित विद्युतको मार खेपिरहेका छन् ।

आयोजना निर्माणका लागि एक अर्बभन्दा बढी लागत अनुमान गरिएको यो आयोजनाको अहिले ठेकेदार कम्पनीले ७० करोड रुपैयाँको लागतमा काम गरिरहेको छ । सुर्खेत वीरेन्द्रनगरको धुलियाविट सबस्टेशन निर्माणको काम पनि चलिरहेको छ भने टावर निर्माण भएको २५ किलोमिटर भन्दा बढी तार तान्ने काम पनि सकिएको आयोजना प्रमुख चौधरीले बताए ।

भेरी करिडोरभित्र निर्माण हुन लागेका विभिन्न आयोजनाबाट उत्पादन भएका विद्युतसमेत यहीबाटै मुख्य लाइनमा जडान हुने छन् । नलगाड जलविद्युत् आयोजना ४१७, जगदुल्ला जलविद्युत् आयोजना एक सय छ, ताक्सुगाड जलविद्युत् आयोजना सात मेगावाटलगायत आयोजनाबाट उत्पादन भएको विद्युत् भेरी करिडोरमा निर्माण हुने १५० किलोमिटर लामो प्रसारण लाइनमा जोडिने छ ।