इलाका प्रहरी कार्यालय कोहलपुरले ठगी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।
जापान वर्किङ भीषामा लैजाने भन्दै १ करोड बढ़ी रकम लिएर फरार भायकी बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २३ की तिर्सना बाठा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता आयुश प्रसाद जोशीले जानकारी दिए ।
उनका अनुसार, उनले बैदेशिक रोजगारमा जापान वर्किंग भिषामा पठाउने भनि विभिन्न व्यक्तिसँग प्रतिव्यक्ति १४ देखि १५ लाखको दरले १ करोड २३ लाख रकम संकलन गरी २-३ महिना देखि सम्पर्क विहिन भएकोमा वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता भई पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरिएको हो ।
तिर्सना बाठा मगरलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान एवं कारबाही प्रकृया अगाडी बढाइएको प्रवक्ता जोशीले बताए ।
कोहलपुर खबर । २८ माघ २०८१, सोमबार ०७:१२