कोहलपुर ।
पाँचौ प्रादेशिक औधोगीक लघु घरेलु कृषि प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव कोहलपुरमा गायिका ज्योति मगर र गायक कुलेन्द्र विश्वकर्मा लगायतका कलाकारको प्रस्तुति रहनेछ ।
माघ २५ गतेबाट सुरु भएको महोत्सवमा लोक तथा दोहोरी गायिका ज्योति मगर र गायक कुलेन्द् विश्वकर्मा, मोडल तथा डान्सर अस्मिता पुरी लगायतका कलाकार आउने प्रचार प्रसारका संयोजक ईश्वरी शर्माले जानकारी दिएका छन् ।
त्यस्तै महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु.१ सय रुपैयाँ टिकट दर कायम गरिएको छ ।
कोहलपुर खबर । २८ माघ २०८०, आईतवार १०:१५