खानेपानि मिस्त्री उपभोक्ता सहकारीको ७ औं बार्षिक साधारण सभा सम्पन्न (फोटो फिचर)

कोहलपुर । बाँकेको कोहलपुरमा रहेको खानेपानि मिस्त्री उपभोक्ता सहकारी संस्था लिमिटेडको ७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

खानेपानि मिस्त्री उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष गुरुवकस चौधरीको सभापतित्वमा ७ औं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं. १४ का वडाध्यक्ष ननम बहादुर आले मगरले ७ ओटा मैनबत्ति बालि साधारण सभाको उद्घाटन गरेका थिए ।

बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष गुरु वकस चौधरीले संस्थाको सञ्चालक समितिको तर्फबाट आव २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८०/०८१ को लागि नीति तथा कार्यक्रम, लक्ष्य प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक वर्ष ०७९/०८० मा ३ करोड ९४ लाख बराबरको आय ब्यय प्रस्तुत गर्नुका साथै आ.ब. ०७९/०८० मा भएको कारोबारबाट खर्च कटाई कुल नाफा २ लाख ३ हजार ४ सय ३० रुपैया रहेको उल्लेख गरिएको छ ।

सहकारीले आफ्ना शेयर सदस्यहरुलाई उत्पादन र ब्यबसायीकरणमा जोड दिन यवसाय, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका शिर्षकमा ऋण लगानी पनि गरेको छ । जसमध्य आ.ब. ०७९/०८० मा ३ करोड ९३ लाख ५१ हजार १ सय १३ रुपैया ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले मिस्त्रीहरुको पारिवारीक क्षमता विकासका लागि सुशासन तथा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने सोंच बनाएको छ । सहकर्मी समाजको समर्थनमा साविकका ५ वटा गाविस कोहलपुर, रझेना, सम्शेरगञ्ज, गनापुर र मनिकापुरका सिमान्तिकृत समुदायमा यस सहकारी संस्थाको प्रतिनिधित्व रहेको अध्यक्ष चौधरीले बताए । हरेक दृष्टिकोणले पाखा लगाईएका मानिसहरुको जीवनस्तरमा वृद्धि तथा क्षमतामा विकास गर्नु र श्रोत साधनमा पहुँचमा बृद्धि गर्ने यस सहकारी संस्थाको मूख्य उद्देश्य रहेको पनि उनले बताए । आर्थिक बर्ष ०७९/०८० मा सेयर सस्दयहरुलाई खोपानि मिस्त्रीहरुको क्षमता बिकासमा जोड, बिभिन्न सिप मुलक तालिम, श्रम शिबिरमा सहभागी, नेतृत्व बिकास र क्षमता अभिबृद्धि जस्ता तालिम प्रदान गरीएको बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यक्रम बोल्दै साधारण सभाका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका वडा नं. १४ का वडाध्यक्ष नम बहादुर आले मगरले सहकारीले निम्न बर्ग तथा मिस्त्रीहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले हजारौं जनताको जिवन शैलीमा परिवर्तन ल्याउने आधारलाई सबै मिलेर अगाडी बढाउनु पर्ने धारणा राखे ।सहकारीबाट हामीले पाउने सेवा सुविधालाई सहि ठाँउमा सदुपयोग गर्न सक्यौ भन्ने सहकारी पनि सफल बन्छ नभए सहकारीले गरेको लगानी उद्धेश्य विहिन भयो भने सहकारी घाटामा जाने कुरा स्पष्ट देखिएको छ, आलेले भने । खानेपानि मिस्त्री उपभोक्ता सहकारी संस्था नेपाल मै नयाँ भएकोले मिस्त्रीहरुको क्षमता बिकासमा नगर तथा वडाबाट हर सम्भब सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।

सिमान्तिकृत समुदायका ब्यक्तिहरुको खानेपानी माथिको पहुँच वृद्धिका लागी खानेपानी मिस्त्रीहरुको क्षमताविकास र नयाँप्रविधिको विकास गर्नका लागी समुदायमा छरिएर रहेका खानेपानी मिस्त्रीहरुको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उदेश्यले २०७२ असार १४ गते सहकर्मी समाज नेपालको समर्थनमा खानेपानि मिस्त्री उपभोक्ता सहकारी संस्था लि. स्थापना भएको हो ।

खानेपानि मिस्त्री उपभोक्ता सहकारी संस्था लि. बाट अहिले ३ सय ३६ शेयर सदस्यहरु लाभान्वित भएका छन् । खानेपानि मिस्त्री उपभोक्ता सहकारी संस्था लि.ले आफ्नो ७ औं बार्षिक साधारण सभामा जाजरकोट तथा रुकुम पश्चिम भुकम्प प्रभावित क्षेत्रमा श्रम शिबिरमा गएका आफ्ना सदस्य तथा पत्रकारलाई सम्मान समेत गरेको छ ।

७ औं बार्षिक साधारणसभामा सहकर्मि समाज नेपालका संस्थागत विकास अधिकृत घनस्याम आचार्य, त्रिबेणि बिकास समाजका कार्यकारी ब्यबस्थापक पतिराम थारु, पत्रकार लगायत शेयर सदस्यहरुको उपस्थित रहेको थियो ।

फोटो फिचर