२९ भदौ,काठमाडौं ।भूमिहीनलाई जग्गा उपलब्ध गराउन आयोगले निवेदन माग गरेको छ । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि ३५ दिनभित्र निवेदन दिन आयोगले सूचना प्रकाशन गरेको छ। स्थानीय तहका भूमिहीनहरूले जग्गाका लागि आयोगले सातवटै प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानका, भूमिहीन सुकुम्बासी भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको छ ।स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत निवेदन पेश गर्ने व्यवस्था मिलाएको छ । आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्नु पर्नेछ ।
कोहलपुर खबर । २९ भाद्र २०८०, शुक्रबार ११:२०