२० भदौ,बैतडी । बैतडीका विभिन्न ठाउँमा गौरा पर्वको अवसरमा सचेतनामूलक देउडा प्रतियोगिता आयोजना गरिएको छ ।देउडाको संरक्षण, संवर्धन र प्रवर्धनका साथै स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले देउडा प्रतियोगिता राखिएको आयोजक समितिका सदस्य मोहनसिंह बिष्टले जानकारी दिए।
समाजमा रहेका विकृति, विसंगति र कुप्रथा हटाउन सहयोग पुगोस् भनेर सचेतनामूलक देउडा प्रतियोगिताको आयोजना गरिएको हो।पाटन नगरपालिका–८, खोड्पेमा भदौ २६ गतेदेखि २८ गतेसम्म महिला पुरुष संयुक्त देउडा प्रतियोगिताको हुने भएको छ।खोड्पे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोड्पे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र राममन्दिर व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई २ हजार नगद पुरस्कारसहित प्रमाण प्रदान गरिनेछ।
कोहलपुर खबर । २० भाद्र २०८०, बुधबार १६:४९