२ बैशाख,सल्यान / सल्यानमा बेपत्ता भएको २० दिनपछि एक पुरुषको मृत फेला परेको छ् । जिल्लाको शारदा नगरपालिका–७ ओख्रेनीका ३८ वर्षीय भद्रबहादुर विक हराएको २० दिनपछि शनिबार मृत फेला परेका हुन्।
शारदा नगरपालिका–७ कागेखोलास्थित मसिना सामुदायिक वनको भीरमा सडेगलेको अवस्थामा गाईबाख्रा चराउन जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिएका हुन् ।
मृतक विकका छोराले कपडाको आधारमा सनाखत गरेको उनको भनाइ छ।
कोहलपुर खबर । २ बैशाख २०८०, शनिबार १७:४६