मोटरसाइकल मोडिफाई गर्ने र तीब्र गतिमा चलाउने माथि कारबाही गर्दै तुल्सीपुर ट्राफिक

(सागर थापा) चैत १५, दाङ । तुल्सीपुरमा विभिन्न ट्राफिक सचेतना गतिविधिहरु मध्ये ट्राफिक सुरक्षा र दुर्घटना रोकथाम र अपराधिक कार्यहरूको न्यूनीकरणको उदेश्यले ठालिएको तुल्सीपुर ट्राफिक प्रहरीले कार्वाही तीब्र सुरु गर्न थालेको छ ।

ध्वनी प्रदुषण बढाउने र मोटरसाइकलको रङ्ग र त्यसको आकार प्रकारमा फेरबदल गर्ने माथी यो कार्वाही गर्न थालेको दाङ तुल्सीपुर ट्राफिक प्रहरी कार्यालय तुल्सीपुरका ट्राफिक प्रमुख तिर्थ राज भुसालले जानकारी दिएका छन् । उहाँको अनुसार मोटरसाइकल हर्न साइलेन्सर स्टिकर रंगरोगन इत्यादि जस्तो किर्या कलापलाई रोक्न तुल्सीपुर ट्राफिक प्रहरीले यो अभियान थालेको हो ।

यस्ता किर्या कलापले गर्दा सवारी दुर्घटना र अपराधीक गतीबिधीमा वृद्धि हुने भएकोले यसको रोकथामको लागि ट्राफिक प्रहरीहरुले यो चेकजाँच र कार्वाहीमा बढी ध्यान दिएको ट्राफिक प्रमुख भुसालले बताए यस्तो कार्य गरेको पाएमा कार्वाही थालेको र मोटरसाइकल मोडीफाई गर्ने मिस्टरी र सवारी साधन माथि कडा निगरानी समेत राख्दै आएको बताएका छ्न । त्यस्ता ब्यक्तिलाई कार्वाही गरि मोटरसाइकल नियन्त्रणमा समेत लिएको पनि बताए। कयौं मोटरसाइकल चालक त चेक जाजको क्रममा फरार हुने पनि बताए ।

दाङको तुल्सीपुरमा पनि शान्ति सुरक्षालाई मध्यनजर गरि सन्चालनमा आइरहेकोे शान्ति सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम अन्तर्गत सवारी दुर्घटना र अपराधीक किर्याकलाप न्यूनीकरणको आधारमा यो अभियान थालेको पनि बताउनु भएको छ । अरु क्षेत्र भन्दा सुरक्षामा अलि बढी ध्यान दिनु पर्ने आवश्यकता रहेको कारण आफुहरु यस्मा बढी केन्द्रित रहि कार्यक्रम अगाडि बढाउदै गरेको तुल्सीपुर ट्राफिक प्रमुख भुसालले बताए ।

 

पहिलेको तुलनामा यस्ता ट्राफिक नियमको उलंघन सवारी दुर्घटना र अपराधी गतीबिधी जस्ता कार्यमा कमी आए यस अभियानमा हामी सबैले साथ दिनु अवस्यक रहेको ट्राफिक प्रहरीलाई साथमा साथ सयोगको अपेक्षा तुल्सीपुर ट्राफिक प्रमुख भुसालले गरेका छन् ।