२२ माघ काठमाडौं। ९५ वर्षीय नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको उपचारको क्रममा आइतबार बिहान साढे ६ बजे नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ तथा पूर्वमन्त्री सुनिल बहादुर थापाले मिडियालाई जानकारी हुन् ।
‘उहाँलाई पार्किन्सन्सको समस्या थियो। युरिया उच्च देखिएका कारण अस्पताल भर्ना गरियको थियो। त्यहीँ बीचमा खाना सर्किएर फोक्सोमा गएछ। अस्ती राति २ बजे बाट गाह्रो भएको थियो। त्य सपछि आइसियुमा राखेर थप उपचार गरिरहेको बेला आज बिहान उहाँ स्वर्गे भइबक्स्यो,’ थापाले भने।
कोहलपुर खबर । २२ माघ २०७९, आईतवार १३:२२