गठबन्धनले आज कोहलपुरका ८ वडामा प्रचार कार्यालय स्थपना गर्ने

६ कार्तिक, कोहलपुर / बाम लोकतान्त्रीक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समिति बाँके निर्वाचन क्षेत्र नं १ ९ख० ले आईतवार आज ८ वटा वडामा वडा प्रचार कार्यालय स्थपना गर्ने भएको छ । गठबन्धनका संयोजक बलराम शर्माका अनुसार कोहलपुर नगरपालिकाको १ देखी ८ सम्मका वडाहरुमा प्रचार कार्यालय स्थापना गर्न लागिएको हो ।

नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकिकृत समाजवादी० र राष्ट्रिय जनमोर्चाद्वारा गठीत प्रतिगमन बिरोधी मोर्चाले मंसिर ४ को प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार अभियान लाई प्रभावकारी बनाउन कार्यालय स्थपना गर्न लागिएको हो ।

आईतवार ८ र सोमवार बाँकी ९ वडामा प्रचार कार्यालय स्थपना गरिने प्रदेश निर्वाचन परिचालन समितीका सह संयोजक दामोदर अधिकारीले जानकारी दिए ।

वडाको प्रचार अभियान लाई व्यवस्थीत गर्नका लागी गठबन्धनमा आवद्ध दलहरुका तर्फबाट पनि नेतहरु लाई खटाईएको अधिकारीले जानकारी दिए ।

प्रचार कार्यालय स्थपना संगै चुनाव प्रचार प्रसारको कामले गति पाउने छ । यस अघि प्रदेश स्तरमा बलराम शर्मा न्यौपानेको नेतृत्वमा २ हजार १ सय ५५ सदस्यीत निर्वाचन परिचालन समिती गठन गरिएको छ ।

वडा प्रचार कार्यालयका लागी नेपाली काग्रेस , माओवादी केन्द्र , एकिकृत समाजवादी र जनमार्चाले प्रदेश निर्वाचन क्षेत्र बाट अलग अलग प्रतिनिधी समेत खटाएका छन ।

जस अन्र्तगत गठबन्धका तर्फबाट कोहलपुर १ मा नरेन्द्र न्यौपाने, कृष्ण कार्की, बर्दि प्रसाद जैसी र द्रोपता पाण्डे, कोहलपुर २ मा पार्बती पुन उषा, कृष्ण बहादुर कार्की, लोक बहादुर राना, अमर परियार र बुद्ध सुनार, कोहलपुर ३ मा दामोदर अधिकारी, अज्जना पाण्डे , तुल्सी राम सापकोटा र असोक पोख्रेल, कोहलपुर ४ मा अर्जुन कुमार पौडेल, लुट बहादुर केसी, भिम प्रसाद देवकोटा र सुरज जागा, कोहलपुर ५ मा अवराज खड्का, तेज प्रसाद चापागाई, राजेन्द्र श्रेष्ठ र पुर्णकला भण्डारी, कोहलपुर ६ मा रेणुका खड्का, निरज चलाउने र तिलक राज पौडेल, कोहलपुर ७ मा दान बहादुर वली, जय सिह केसी र जोक प्रसाद भण्डारी कोहलपुर ८ मा टेक नारायण भुषाल, तुलाराज बिष्ट बिहानी, नरेश पौडेल र रुद्र नाथ आचार्य रहेको निर्वाचन परिचाल समितीका संयोजक बलराम शर्मा न्यौपानेले जानकारी दिए ।

उद्धघाटन कार्यक्रममा सबै वडामा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार महेश्ववर जंग गहतराज अथक र प्रदेशभा सभा सदस्यका उम्मेदवार फुलाराम थारु लगायत समानुपातिक उम्मेदवारहरु सहभागी हुने कार्यक्रम छ ।