दैलेख २ को प्रदेश सभाको उम्मेदवारमा सुनार सर्वसम्मत सिफारिस

१८ भदौ, दैलेख / आगामी मंसिर ४ गतेका लागि तोकिएको संघ र प्रदेश सभा निर्वाचनका लागी नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवं दुल्लु नगर ईन्चार्ज चक्रलाल सुनार दैलेख क्षेत्र नम्बर २ को प्रदेश (ख) बाट प्रदेश सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।
क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले सुनारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

दुल्लु नगरपालिकामा बैशाख ३० मा भएको स्थानिय तहको निर्वाचनमा मेयर पदको उमेद्वारको आकाक्षी बनेका थिए । केन्द्रदेखी गठबन्धन भएपश्चात उनी पछी हटेर काग्रेसलाइ समर्थन गरेका थिए ।

उनिले भने माओवादीले संचालन गरेको सशस्त्र आन्दोलन देखी अहिले सम्म पार्टीमा आफनो स्वार्थलाइ पछाडी राखेर पार्टीको काममा अहोरात्र खटिएको सिपाही हुँ । यसपाली पार्टी पंक्तीले मलाइ मेरो पार्टीप्रति भएको लगानिलाइ खेर जान दिने छैन । मेरो उमेद्वारी मेरो मात्रै चाहना होइन । आमा दुल्लुबासीको चाहना हो र यो दुल्लुलाइ बिकासको गोरेटोमौ दौडाउने मेरो सपना पनी हो ।

दैलेखमा माओवादी केन्द्रका आश लाग्दो नेताको रुपमा सुनारले आफ्नो परिचय बनाएका छन् । प्रदेशको निर्वाचनमा सुनारले दैलेख बाट जित्ने निश्चित देखिएको छ ।