१० साउन बाँके/ कोहलपुर जेसिजको आयोजनामा संचालित जेसिज सप्ताह कार्यक्रम अन्तर्गत आज छैटौं दिन किशोरी महिनावारी सरसफाइ शिक्षा कार्यक्रम कोहलपुर नगरपालिका चप्परगौडी स्थित ज्ञानज्योति माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बिद्यालयका ७६ जना भन्दा बढी छात्राहरुको सहभागिता रहेको थियो । महिलाहरुमा हुने पाठेघरको समस्या न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका रहेको यस कार्यक्रमका प्रमुख अतिथि ज्ञानज्योती मा बि का प्रधानाध्यापक बिनोद शर्मा लम्सालले बताए । किशोरी यो कुरामा विशेष ध्यान दिनुपर्छ र आफुले यस कार्यक्रमबाट सिकेका कुराहरु गाउँ समाजमा अन्य महिलाहरु लाई पनि सिकाउनु पर्छ प्रमुख अतिथि शर्माले बताएका थिए ।
कार्यक्रमका प्रशिक्षक स्वास्थ्य कर्मी अन्जना न्यौपानेद्वारा महिनावारी सरसफाइ सम्बन्धि प्रशिक्षण गराइएको थियो । कार्यक्रमबाट प्रशिक्षार्थीहरु निकै लाभान्वित भएका थिए । कार्यक्रममा कोहलपुर जेसिजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
किशोरी महिनावारी सरसफाइ शिक्षा कार्यक्रममा कोहलपुर जेसिज र जुनियर जेसिज तथा बिधालयका शिक्षकहरुको सहभागिता रहेको कार्यक्रम संयोजक जेसी ईश्वर सुवेदीले जानकारी दिए ।
कोहलपुर खबर । ११ श्रावण २०७९, बुधबार ००:१८