६ चैत, दाङ । दाङमा यात्रुबाहक जीप पल्टिदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
पश्चिम दाङको गंगटेबाट तुलसीपुरका लागि छुटेको लु १ ज १४२७ नम्बरको जिप भाङाबारी नजिकै उकालोमा टायरमा ओड लगाउने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जित बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।
बुढाको राप्ती प्रादेशिक अस्पतला तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी जीप चालक बबइ गाउँपालिका १ निवासी ४७ वर्षका लोक बहादुर रानालाई थप उपचारका लागि नेपालगन्ज ल्याईएको छ ।
जिप पल्टिदा ७ जना घाइते भएका थिए । अन्य घाइते हुनेमा बबई गाउँपालिका–१ निवासी ५० वर्षका जोग बहादुर बुढा, १७ वर्षकी तारा सारु मगर , ३२ वर्षका संगिता बुढा, ४० वर्षका बन्दना बुढा र सल्यानको शारदा नगरपालिका–९ निवासी ५० वर्षकी नन्दकली थापा रहेका छन् घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
कोहलपुर खबर । ६ चैत्र २०८०, मंगलवार ०८:०५