लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

पुष्पराज हमाल

२६ असार, कोहलपुर / १ ग्राम ९५० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय कोहलपुरले एक जनालाई पक्राऊ गरेको छ ।

पक्राऊ पर्नेमा, कोहलपुर नगरपालिका वडा नं १ कौशिलानगर बस्ने अन्दाजी २६ बर्षको जिवन लामिछाने रहेका छन ।

उनलाई बैजनाथ गाँउपालिका वडा नं ४ नौलापुरबाट २३ पुडिया ब्राउनसुगर सहित आईतबार पक्राऊ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुर का प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।

मल्लका अनुसार, लामिछानेको ससुरालीको घर कोठामा लागुऔषध ब्राउन सुगरको कारोवार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा उनलाई पक्राऊ गरिएको बताए ।

प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी मल्लले बताए ।