१४ असोज काठमाडौं / शुक्रबार चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आएको बताएका थिए। उनले चुनाव जित्नका लागि मात्रै गठबन्धन भएको आरोप समेत लगाए। थापाले अहिलेको सरकार डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न चुकेको पनि बताए।
‘सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,‘ थापाले भने, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौँ । तर, अहिले हाम्रै सरकारले काम गरेन।’ थापाले आपतकालीन बैठक बसेर तीनै तहका सरकार मिलेर अस्पतालको व्यवस्थापनदेखि डेङ्गु नियन्त्रणका लागि साझा योजनाबाट काम गर्नुपर्ने बताए थिए।
कोहलपुर खबर । १४ आश्विन २०७९, शुक्रबार १०:२७