कोहलपुर महोत्सवमा आज चक्र बम, रचना रिमाल र सुबोध गौतमको प्रस्तुति रहने

कोहलपुर । पाँचौ प्रादेशिक औधोगीक लघु घरेलु कृषि प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव कोहलपुरमा आज चर्चित गायक चक्र बम गायिका रचना रिमाल र हाँस्यकलाकार सुबोध गौतमको प्रस्तुति रहनेछ ।

माघ २५ गतेबाट सुरु भएको महोत्सवमा गायक चक्र बम, गायिका रचना रिमाल र हाँस्यकलाकार सुबोध गौतम लगायतका कलाकार आउने प्रचार प्रसारका संयोजक ईश्वरी शर्माले जानकारी दिए ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु.१ सय रुपैयाँ टिकट दर कायम गरिएको छ ।