तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ

२६ साउन,कोहलपुर। तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

रौतहट, चन्द्रपुर नगरपालिका(१ बस्ने ५० वर्षीय पूर्ण बहादुर तामाङलाई लागूऔषध गाँजा १६ किलोसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पौरईबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।

बाँके, कोहलपुर नगरपालिका(११ स्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कार्यालय परिसरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ५ हजार १ सय १० रूपैयाँसहित सोही नगरपालिका(४ किरणनाल बस्ने ३२ वर्षीय रेशम जैसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा उक्त परिसरभित्र पार्किङ गरी राखेको भे।१ च १७४९ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक जैसीलाई एम्बुलेन्ससहित पक्राउ गरेको हो।

झापा, मेचीनगर नगरपालिका(६ पुरानो मेचीपुलस्थित सडकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ३ ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका(८ बस्ने २१ वर्षीया मनिषा दनुवार र उनकै श्रीमान २१ वर्षीय अभय राजवंशी रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।