कोहलपुर सुन्दरबस्तीमा सप्ताहव्यापी धर्म जागरण महा–महोत्सव सन्चालन हुदै

८ माघ कोहलपुर।

कोहलपुर सुन्दरबस्ती श्रृङगारिक महाआरती धर्म जागरण महा–महोत्सव माघ १२ देखी कोहलपुर नगरपालिका वडा नं १२ सुन्दरबस्ती (शिवनगर) मा सन्चालन हुने भएको छ ।

कोहलपुर नगरपालिका वडा न. १२ सुन्दरवस्तीमा अवस्थित शिव मन्दिर परिसरमा शिव मन्दिरको सर्वाङ्गीण विकासका लागी सञ्चालन हुन गईरहेको महा–महोत्सव २०८० आगामी माघ १२ गते देखि १९ गते सम्म सञ्चालनमा आउने भएको हो । वडा न. १२ मा रहेको शिव मन्दिरलाई धार्मीक स्थलको रुपमा स्थापित गर्नुका साथै यसै मन्दिरबाट सुन्दरवस्तीको पहिजानका लागी र बाहिरबाट भक्तालुजनहरु आउने वातावरण बनाउनका लागी महा–महोत्सवको आयोजना गरिएको मुल आयोजक समारोह समितीका अध्यक्ष दुर्गे जैसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

शिव मन्दिर स्थापना भएको निकै लामो समय हुदा सम्म पनि मर्मत सम्भार नहुदा मन्दीर ओजलमा पर्ने हो की भन्ने सम्भावना देखिएकाले यसको प्रचार प्रसारका लागी पनि महा–महोत्सव आयोजना गर्नुपर्ने आवश्यकता रहेको जैसिले बताएका हुन् । उक्त मन्दिरलाई स्थापना गर्नका लागी २०७४ को स्थानिय सरकारले दुई पटक गरि ४ लाख रकम सहयोग गरेको र देउसी-भैलोबाट सकलन भएको रकम पनि यसैमा खर्च गरेको आयोजकले बताएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै श्रृङ्गारिक महाआरती धर्मजागरण महामहोत्सव सप्ताह कार्यक्रम सञ्चालन गर्न अनुमानित खर्च लागत रु ६ लाख ५० हजार हुने र महा महोत्सव सप्ताह कार्यक्रमबाट अनुमानित आम्दानी ८ देखि  १० लाख सम्म हुने मूल आयोजक समारोह समितिका सचिव निरक बहादुर शाहीले बताएका छन् ।

महा महोत्सव २०८० का दैनिकी कार्यक्रमहरू शोभा कलश यात्रा माघ १२ गते बिहान १० बजे आरम्भ तथा दिउँसो १ बजे उक्त कार्यक्रमको उद्घाटन हुने छ । सोही अनुसार दैनिक प्रवचन भजन कीर्तन तथा झाँक्री बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने भएको छ । शिव प्रसिद्ध शृङ्गारिक महा आरती साँझ ७ बजेदेखि ८ बजे र रात्रिकालीन प्रवचन भजन कीर्तन झाँक्री साँझ ८ बजेदेखि १० बजेसम्म हुने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
१२ गतेबाट संञ्चालनमा आउने महा–महोत्सवको लगभग तयारी पुरा भएको छ ।