कञ्चनपुरमा हात्ती भगाउन स्थानीय रातभर जाग्राम


२१ भदौ,कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । साँझपख आउने हात्तीको बथानले अन्न बालीमा नोक्सान पु¥याउने गरेको स्थानीय वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए।

‘हात्तीको बथानले धानबाली र मकैमा ठूलो नोक्सान गरिसक्यो’ अध्यक्ष धनाडीले भने, ‘एक जनाको घरमा क्षति पुगेको अन्न बालीमा धेरै नोक्सान पु¥याएको छ ।’ रातिको समयमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट ३०÷३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेको उनले बताए। स्थानीय लक्ष्मी रानाले हात्तीले हरेक वर्ष यहाँ घरखेतमा नोक्सान गर्ने गरेको बताए। ‘हात्तीकै कारण यहाँ खेतसमेत बाँझो हुन थालेको छ ।’गाउँमा हात्तीका कारण स्थानीय त्रसित भएको उनले बताए। ‘

हात्ती भगाउन यहाँका स्थानीय आगो बालेर रातभर जाग्राम बस्ने गरेका छन्’, उनले भने, ‘यहाँका जनतालाई धेरै दुःख छ राज्यका तर्फबाट हात्ती रोकथामका लागि केही गर्न सकिएको छैन।’ उनले हात्ती भगाउन यहाँ समूहमा युवाले रातिको समयमा गस्ती गर्ने गरेको बताए। अहिले जंगल पनि घना भइसकेकाले यहाँ हात्ती बढी आउन थालेको उनको भनाइ छ।