६ असोज,बझाङ । बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७मा एक जनाको हत्या भएको छ ।
बिसपाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजेतिर जैलुको हत्या गरी बिजुली फरार भएका हुन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
कोहलपुर खबर । ६ आश्विन २०८०, शनिबार १२:०७