बैजनाथमा महापुराण सप्ताह शुरु

१८ मंसिर

बाँके बैजनाथ ६ लालपुरमा ॐ शिव कैलासेश्वर धामको आयोजनामा श्रीमद भागवत महापुराण सप्ताह २०७९ आइतबार कलस यात्रा परिक्रमा गरेर मन्दिर ब्यवस्थापन समिति अध्यक्ष शेर बहादुर खड्काको अध्यक्षतामा उद्घाटन सत्र शुरु गरिएको छ।
उक्त महापुराण सप्ताह वडा अध्यक्ष भुपाल पुन मगरले कलसमा दियो बत्ती बालेर शुभारम्भ गरेका हुन् भने कथा बाचक ब्यास राम प्रशाद पौडेल जाजरकोट भजन कृतन समूह बैजनाथ गाउँ कार्यपालिका सदस्य कमान सिंह सुनार वडा सदस्य पानसरा सुनार निबर्तमान वडा अध्यक्ष भद्र बहादुर बस्नेत नेकपा माओवादी केन्द्र नेतृ मिना ओलि स्थानीय समाजसेवी चुरामनी ओलि लगाएत स्थानीयहरुको उपस्थितिमा कार्यक्रम शुरु गरिएको थियो ।

ॐ शिव कैलासेश्वर धाम मन्दिर ब्यवस्थापन समिति
अध्यक्ष खड्काले बि.स.२०५२ सालमा गण्डकी नदि बाट एउटा शिवलिङ्गको पत्थर ल्याएर शिवलिङ्ग स्थापना गरि पुजा प्रारम्भ गरिएको इतिहास बारे जानकारी गराउदै यश क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्ने र मन्दीरमा बस्ने सन्त बाबालाई बस्ने आवास निर्माण गर्ने उदेश्यका साथ श्रीमद भागवत महापुराण कथा सप्ताहको आयोजना गरिएको स्पष्ट पारेका थिए।

प्रमुख अतिथी वडा अध्यक्ष पुन मगरले स्थानीय क्षेत्रको बिकास र धर्म संस्कृतिको जगेर्ना गर्न स्थानीय सरकार प्रतिबद्ध भएको र थप बल पुर्याउन सप्ताहले बल पुर्याउने बताउदै स्थानीय सरकारले गर्ने सम्पुर्ण सहयोग गर्न स्थानीय वडा प्रतिबद्ध भएको जानकारी दिए।
यसरी भागवत कथा १८ मंसिर देखि २४ मंसिर सम्म एक सप्ताह सम्म संन्चालन हुने महायज्ञमा ८४ सि पुजा ब्रतबन्ध पुजा ग्रह शान्ती लगाएतका सम्पुर्ण धार्मिक कार्यहरू गर्न सकिने आयोजकले जानकारी दिएको छ भने ॐ केदारेश्वर धामका सचीव धन बहादुर सुनारले कार्यक्रम संन्चालन गरेको स्थानीय भक्त बहादुर बोहराले जानकारी दिए।