काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन्। बुधबारको बैठकमा गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई समितिले डाकेको हो।
बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख पनि उपस्थित छन्। समिति बैठकमा सदस्यहरूले उठाएका प्रश्नहरूको मन्त्री लामिछानेले जवाफ दिने कार्यक्रम छ।
कोहलपुर खबर । १४ चैत्र २०८०, बुधबार १४:३१