१५औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कोहलपुरमा सम्पन्न

२७ साउन,काेहलपुर ।   महिला समाज सेवा वचत तथा श्रृण सहकारी संस्थाको आयोजनामा १५औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आज एक कार्यक्रमका विच सम्पन्न भएको छ । समर्ग सहकारी संस्थाहरुलाई गुणस्तरिय बनाउदै लैजानुका साथै सुसान ल्याउने र ब्रान्ड पाउने उदेश्यका साथ १५ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कार्यक्रमको आयोजना गरिएको हो । संस्थाका अध्यक्ष मिना सिक्देलको अध्यक्षतामा शुरु गरिएको कार्यक्रमको उद्घाटन जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष एवम कार्यक्रमका प्रमुख अथिती प्रेम सुवेदिले गर्नुभएको थियो ।

उद्घाटन शत्रमा बोल्दै प्रमुख अथिती सुवेदिले पछिल्लो समय सहकारीहमा उत्पन्न भएका समस्या समधानका लागी यस्ता खालका कर्यक्रहरुको आयोजना गरिनु नै सम्पुर्ण सहकारी संस्थाका लागी एकदमै महत्पुर्ण काम भएको प्रति खुशि व्यक्त गर्नृभयो ।

बाँके जिल्ला लगाएत अन्य धेरै जिल्लामा आबद्ध केहि सहकारी संस्थाहरु देखिएका समस्या समधान गर्न र ससना उद्योग संञ्चालन गर्दै आउनु भएका व्यवसायीहरुलाई उत्पादनमा जोड्न यस्ता खालका कार्यक्रमहरुले पहल गर्दै जाने बताउनुभयो ।

यस्तै कार्यक्रमका सहभागीहरुले अबका दिनमा सहकारी संस्थाहरुलाई सहजरुपमा स्थापित गर्न र कसरी अगाडि बढाउन सकिन्छ भन्ने धारणा राखेका थिए । नेफस्कनको प्राविधिक सहयोग नेफस्कनद्धारा संञ्चालित प्रोवेशन कार्यक्रम अन्तरगत भेरी कर्णली दोश्रो समुहको १५ औ कार्यशालामा बाँके सुर्खेत लगाए सकोसका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।