राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

१७ असार, काठमाडौं/ सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
दर्ता पछि यो दललाइ आजै दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगले जनाएको छ । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।

ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टी विरुद्ध २ उजुरी समेत परेको थियो ।