स्पेनको राजधानी म्याड्रिडमा शनिबार प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध वृहत प्रदर्शन भएको छ ।
चरम दक्षिणपन्थी पार्टी भोक्सले समर्थन गरेको प्रदर्शनमा हजारौं मानिस भेला भएका थिए। चुनाव हुन लागेको वर्षमा सरकार विरोधी प्रदर्शन चर्किएको हो।
र्यालीका लागि म्याड्रिडको सिबेलेस स्क्वायरमा करिब ३० हजार मानिस भेला भएको केन्द्रीय सरकारको प्रतिनिधिमण्डलले जनाएको छ ।
प्रदर्शनकारीहरूले पहेँलो र रातो स्पेनी झण्डा फहराउँदै प्रधानमन्त्री सान्चेजलाई राजीनामा दिन माग गरेका थिए । कतिपयले समाजवादी प्रधानमन्त्रीको तस्बिरसहित उनलाई ‘देशद्रोही’ भनेका थिए।
आयोजकहरूले प्रदर्शनमा करिब ७ लाख मानिसहरूले भाग लिएको दाबी गरेका छन्। देशको प्रमुख विपक्षी कन्जरभेटिभ पार्टी भोक्स र पपुलर पार्टी ९पीपी० लगायत कन्जरभेटिभ पार्टी समर्थकहरु प्रदर्शनमा भेला भएका थिए।
कोहलपुर खबर । ८ माघ २०७९, आईतवार १५:२८