लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ

२५ कार्तिक कोहलपुर / प्रतिबन्धित लागु औषध ब्राउनसुगर सहित एक जनालाई प्रहरिले पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका वडा नं.१ कौशिलानगर बाट डिउटीमा खटिएको प्रहरी टोलिले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ गरि अनुसन्धान गर्दा ३ ग्राम ५५० मिलिग्राम लागुऔषध ब्राउन सहित भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुर्खेत खजुरा गाउँपालिका वडा नं.३ बस्ने २६ बर्षका चन्द्रदिप बारघरे रहेका छन । व्यक्तिलाई शंकास्पद अवस्थामा प्रहरीको टोलिले खानतलासी गर्दा कालो प्लाष्टिकको एक पोकामा लागुऔषध ब्राउन सुगर फेला परेकाे हाे ।

व्यक्तिमाथि थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।