३० भदौ, कोहलपुर / स्थानीय तह तथा जिल्ला समन्वय समिति बाँकेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको बार्षिक समिक्षा कार्यक्रममा जिल्लाका ८ वटा मध्य ७ वटा स्थानीय तहले कार्य प्रगती प्रस्तुत गरेका थियो ।
डुडुवा गाँउपालिका भने कार्यक्रममा उपस्थित भएको थिएन । बार्षिक समिक्षा कार्यक्रमको उद्दघाटन गर्दै संयोजक चौधरीले केही पालिका प्रमुखहरु समेत सहभागि नभएको भन्दै आक्रोश ब्यक्त गरेका थिए । संयोजक चौधरीले ६ वटा स्थानीय तहहरुको प्रगति सरदर ७५ प्रतिशत रहेको बताउदै स्थानीय तहलाई शत प्रतिशत विकासको रकम खर्च हुने गरी काम गर्न निर्देशन समेत दिए ।
उनले स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम र बजेट नियमित जिल्ला समन्वय समितिमा पठाउन आग्रह गरेका थिए । कार्यक्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, जानकी गाँउपालिका अध्यक्ष छब्बन खाँ, बैजनाथ गाँउपालिका अध्यक्ष प्रकाश बहादुर शाही, नेपालगंजका उपमेयर कमरुद्दीन राई, खजुरा गाँउपालिकाकि उपाध्यक्ष मन्जु मल्ल, नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशसकिय अधिकृत शिव प्रसार रिजाल, नरैनापुरका प्रमुख प्रशासयिक अधिकृत मणिराम खराल, खजुराका नृपराज उपाध्याय,जानकीका सिंहराज डाँगी, राप्तीसोनारीका हरि खत्री, बैजनाथका लेखा अधिकृत पूर्णप्रसाद जैसी, कोहलपुरका टिकाराम ढकाल लगायतले आ–आफ्नो पालिकाको कार्य प्रगती विवरण प्रस्तुत गरेका थिए ।
कोहलपुर खबर । ३० भाद्र २०७९, बिहीबार २३:०४