१९ कार्तिक कोहलपुर । पाँच दलिय बाम लोकतान्त्रीक गठबन्धनले राप्तिसोनारि गाउँपालिका वडा नं ९ मा घर दैलो कार्यक्रम सुरुवात गरेको छ। शनिबार एक बिशेष कार्यक्रममा उम्मेदवारहरुले जनतामाज आफ्नो महत्वपूर्ण भनाई राख्दै घर दैलो कार्यक्रमको सुरुवात गरेको हुन् । शनिबार दिउसो प्रतिनिधी सभा सदस्य पदका उमेद्वार महेश्वरजंग गहतराज (अथक) र प्रदेश सभा सदस्य पदका उम्मेदवार फुलाराम थारु सहित बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो कार्यक्रम सुरुवात गरेको हो ।
त्यतै जनताका आवश्यकता, बिकास, निकास र देशलाइ समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी मंसिर ४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवार लाई बिजय गराउन आग्रह गर्दै राप्तिसोनरी गाउँपालिका वडा नं. ९ का मतदाताहरुको साथ र समर्थनले थप उर्जा मिल्ने प्रतिक्रिया दिएका छन् ।
घर दैलो कार्यक्रममा विभिन्न तलका नेता तथा कार्यकर्ता समेत आबद्ध थिए । जनताले भन्छन बाम लोकतान्त्रिक गठबन्धनलाई अत्याधिक बहुमत बिजय गराउने र आगामी पाँचवर्ष विकासले नयाँ गति लिने दाबीसमेत गरेका थिए ।
कोहलपुर खबर । १९ कार्तिक २०७९, शनिबार १९:४५