कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रदिप भट्टराई नेतृत्वको लोकतान्त्रीक प्यानल विजयी

४ कात्तिक, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रदिप भट्टराई नेतृत्वको लोकतान्त्रीक समावेसी व्यवसायी समुह विजयी भएको छ ।

यहि कात्तिक ३ गते भएको निर्वाचनमा काँग्रेस नेतृत्वको प्रजातान्त्रिक व्यवसायी समूह र एमाले नेतृत्वको प्रगतिशील व्यवसायी समुह बिच प्रतिस्प्रर्धा भएको थियो । निर्वाचनमा कुल १ हजार ४ सय ९५ मत खसेको थीयो । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रदिप भट्टराई नेतृत्वको प्रजातान्त्रिक समुहका उम्मेदवार विजयी भएका छन ।

निर्वाचनमा ७९५ मत ल्याएर अध्यक्ष पदमा प्रदिप भट्टराई निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्दी अन्जना धितालले ६४६ मत प्राप्त गरेकी छन । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रजातान्त्रिक व्यवसायी समुहका चण्डी प्रसाद गैरे ७८४ मतका साथ बिजयी भएका छन भने वस्तुगत उपाध्यक्षमा राकेश विष्ट ८४९, महासचिवमा दिपक भण्डारी ८३५, उपमहासचिवमा राज कुमार पौडेल ७६५ र कोषाध्यक्षमा भुमिराज कँडेल ७४८ विजयी भएका छन् ।

उद्योग तर्फको उपाध्यक्षमा भने प्रगतिशील समुहका अर्जुन सुवेदी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीलाई १ मतको अन्तरले पराजित गर्दै सुवेदिले जित हासिल गरेका हुन । सुवेदिले ७१६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी हरिशरण केसीले ७१५ मत प्राप्त गरेका छन । त्यसैगरी सहकोषाध्यक्षमा प्रगतिशील समुहका टंकप्रसाद खनाल ७७६ मत ल्याएर विजयी भएका छन ।

त्यसै गरी महिला सदस्यमा लोकतान्त्रिक समुहकी ममता थापा, सिता योगी अधिकारी विजयी भएका छन। त्यसै गरी खुल्ला सदस्यमा प्रगतिशित व्यवसायी समुहका अंकीत सिग्देल, ढक बहादुर थारु विजयी भएका छन्।

लोकतान्त्रीक खुल्ला सदस्यहरुमा अमृत प्रसाद पौडेल, अशोक गौढेल, किरन कुमार विक, किरण प्रसाद श्रेष्ठ, गिरीधारी शर्मा सुवेदी, गौरव श्रेष्ठ , नोखराज रावत, श्रीधर घिमिरे विजयी भएका छन् । एशोसिएट तर्फ लोकतान्त्रक समुहका राजेन्द्र प्रसाद रिजाल ४० मत ल्याइ विजयी भएका छन् ।