बेथितिको दलदलमा स्थानीय तह : खाना र बिबिधमा सबैभन्दा धेरै खर्च गर्नेमा डुडुवा पहिलो

गत आवमा सबैभन्दा कम खाना र बिबिधमा खर्च गर्ने स्थानीय तह राप्ती सोनारी रहेको छ । राप्ती सोनारिले गत आवमा ४ लाख ४८ हजार ७ सय ४५ खर्च गरेको देखिन्छ ।

१८ असार कोहलपुर । जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण र सेवा प्रवाहको जिम्मेवारी बोकेको सबैभन्दा नजिकको सरकार हो, स्थानीय तह । तर, दुःखको कुरा स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको दोस्रो कार्यकाल नबित्दै बेथितिको चाङमाथि उभिएको छ । बाँकेको ८ वटा स्थानीय तहमा खाना र बिबिध खर्च गर्ने स्थानीय तहको चर्चा यतिबेला जिल्लामा जोडतोडले चलेको छ ।

बाँकेको ८ वटा स्थानीयतह मध्य खाना र बिबिधमा सबैभन्दा बढी खर्च गर्ने स्थानीय तहमा डुडुवा गाउँपालिका पहिलो स्थानमा रहेको छ । डुडुवाले गत आर्थिक वर्षमा सबैभन्दा बढि ५९ लाख ३९ हजार ७ सय ३१ रुपैयाँ खर्च गरेको छ भने दोस्रो धेरै खर्च गर्नेमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ५१ लाख ३७ हजार ८ सय ४ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै खाना र बिबिधमा तेस्रो खर्च गर्ने पालिकामा कोहलपुर नगरपालिका परेको छ । कोहलपुर नगरपालिकाले ४५ लाख २७ हजार ८ सय ६० रुपैयाँ खर्च गरेको छ । भने चौथोमा बैजनाथ गाउँपालिका रहेको छ । गत आर्थिक वर्षमा खाना र बिबिधमा बैजनाथले २९ लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै पाचौं छैटौं सातौ र आठौं धेरै खर्च गर्ने स्थानीय तहमा खजुरा, जानकी, नरैनापुर र राप्तिसोनारी गाउँपालिका रहेको छ । गएको आवमा खजुरा, जानकी, नरैनापुर र राप्तिसोनारी क्रमश २९ लाख ६१ हजार ९ सय ५९, १९ लाख ९३ हजार ३ सय ६, २० लाख र ४ लाख ४८ हजार ७ सय ४५ रहेको छ ।

गत आवमा सबैभन्दा कम खाना र बिबिधमा खर्च गर्ने स्थानीय तह राप्ती सोनारी रहेको छ । राप्ती सोनारिले गत आवमा ४ लाख ४८ हजार ७ सय ४५ खर्च गरेको देखिन्छ ।