दैलेखमा चट्याङ लागेर महिलाको मृत्यु


२९ भदौ,दैलेख । दैलेखमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।महावु गाउँपालिका–१ खरीगैरामा बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको छ । चट्याङ लागेर अन्य १६ जना घाइते भएका छन्। जिल्ला अस्पताल दैलेखमा चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले बताए ।