१४ जेठ, कोहलपुर । जिल्ला प्रहरीले बाँकेले बैंकिङ कसुर मुद्दामा एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
बाँके प्रहरीले जिल्ला अदालत बाँकेबाट बैकिङ कसुर मुद्दामा दोषी ठहर गरिएका राप्तीसोनारी गाँउपालिका ५ का ३६ वर्षीय अशोक कुमार थारुलाई फरार रहेको अवस्थामा पक्राउ गरि जिल्ला अदालतमा बुझाएको जानकारी दिएको छ ।
थारुलाई जिल्ला अदालत बाँकेले २०७६ चैत ४ गते, २०७८ भदौ २४ र २०८० कार्तिक २१ गतेको फैसलाबाट १ वर्ष १५ दिन कैद र १२ लाख रुपैयाँ ७५ हजार रुपैयाँ जरिवाना सुनाएयता फरार रहदै आएका उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
कोहलपुर खबर । १४ जेष्ठ २०८१, सोमबार १४:२६