नेपालगञ्जमा स्कर्पियोले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु, एक घाइते

✍️विवेक रेग्मी
१६ पुस, कोहलपुर ।
नेपालगञ्जमा स्कर्पियोले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ, एकजनागम्भीर घाइते भएका छन्।

नेपालगञ्ज–१८ मा आज बिहान सूप ०१००१ च ६४६३ नम्बरको स्कर्पियोले ठक्क दिँदा २४ वर्षीया आस्था साह र पहिचान नखुलेका करिब ३० वर्षीय युवकको मृत्यु भएको छ । २५ वर्षीया सहाना साह घाइते भएकी छिन् । नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ।

ठक्कर दिने स्कर्पियोका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ