१५ मंसिर कोहलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले समता स्कुलमा ट्राफिक शिक्षा दिएको छ ।
बाँकेको कोहलपुरमा संचालिन समता स्कुलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी सायक निरीक्षक दमन विक्रम सेनको नेतृत्वले ट्राफिक शिक्षा दिइएको हो । पछिल्लो समय दुर्घटना परेर बाँकेमा मृत्यु हुनेको संख्या बढेसँगै जिल्ला ट्राफिक प्रहरीले विभिन्न विद्यालयमा ट्राफिक नियमका बारे सचेतना गर्दै आइरहेको छ ।
गत आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सात समय ७३ वटा सचेतना कक्षा संचालन गरेको थियो भने कक्षामा करिब ३४ हजार सवारीचालक यात्र र विद्याथी उक्त सचेतनामा सहभागिता जनाएका थिए ।
२०७३ साल देखी कोहलपुरमा संचालनमा रहेको समता स्कुललले सबै कक्षामा एउटै तथा न्यूनतम शुल्कमा अध्यापन गराउँदै आइरहेको छ । हाल समता स्कुल नेपालका सबै जिल्ला तथा भारत श्रीलङ्का बंलादेश लगाएत देशहरुमा समेत संचालनमा रहेको छ ।
हाल कोहलपुरमा समता स्कुल प्रा.वि तह सम्म संचालनमा रहेको छ । समाचार newsmansarovar.com
कोहलपुर खबर । १५ मंसिर २०८०, शुक्रबार १७:४८