बढ्यो सुन चाँदीको मूल्य

१० मंसिर, कोहलपुर । आज आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।
आजका लागि छापावल सुनको मूल्य एक लाख १६ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार एक लाख १६ हजार ३ सय रुपैयाँमा छापावल सुन, एक लाख १५ हजार ७५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै शुक्रबार एक हजार ४५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।