कोहलपुर साना किसान सहकारीको १३औं बार्षिक साधारण सभा

साधारण सभामा २ दर्जनभन्दा बढि शेयर सदस्य सम्मानित, आ.ब. ०७९८० मा ७४ लाख बढि नाफा, महिलाहरुको नेतृत्वमा कम लागतमा २ तले भवन निर्माण

१६ पुस, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कोहलपुर साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष जानकी पुनको सभापतित्वमा १३ औं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेम बहादुर पाठकले पानसमा बत्ति बालि साधारण सभाको उद्घाटन गरेका थिए । साथै कोहलपुर सानाकीसान कृषि सहकारी संस्था लि. को नवनिर्मित भवनको पनि कार्यक्रमका प्रमुख अतिथि पाठकले रिवन काटेर उद्घाटन गरे ।

बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष जानकि पुनले संस्थाको सञ्चालक समितिको तर्फबाट आ.ब. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आ.ब. २०८०/०८१ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेकी थिईन् । संस्थाको आ.ब. ०७९/०८० मा ११ करोड ७० लाख बराबरको आय ब्यय प्रस्तुत गर्नुका साथै आ.ब. ०७९/०८० मा भएको कारोबारबाट खर्च कटाई कुल नाफा ७४ लाख ४६ हजार ४ सय ८४ रुपैया ८७ पैसा रहेको उल्लेख गरिएको छ ।

संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको संस्थाका अध्यक्ष पुनले बताईन् । आर्थिक बर्ष ०७९/०८० मा सेयर सस्दयहरुलाई पशु ब्यवस्थापन तथा उपचार सम्बन्धी तालिम, अबलोन भ्रमण, नेतृत्व बिकास र क्षमता अभिबृद्धि तालिम प्रदान गरीएको पुनद्धारा हस्ताक्षरीत बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै ८३ लाख ८० हजारमा सस्थाको दुइ तल्ले भबन बनाउन समेत सफल भएको उनले बताईन् ।

 

संस्थाले आगामि निती तथा कार्यक्रममा सुत्केरी पोषण कार्यक्रमलाई निरन्तरता दिने, रेमिटान्स र आइएमी सन्चालन गर्ने कृषि औजार खरिद बिक्रि कार्य गर्ने सदस्य समुह बृद्धि गर्ने, ४ बर्षे ब्यवसायिक योजना बनाएर कार्य योजना लागु गर्ने, स्वास्थ शिबिर सन्चालन गर्ने, पशु बिमालाई अगाडी बढाउने योजना रहेका प्रतिबेदनमा उल्लेख छ । कार्यक्रममा लेखा समिति संयोजक केश कुमारी वलीले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिईन् भने चवन निर्माण गर्दाको लागत प्रतिवेदन भवन निर्माण संयोजक विष्णु कुमारी सिंह ठकुरीले प्रस्तुत गरेकि थिाईन् ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कल्पना अधिकारीले सहकारीले साना किसानहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले हजारौं जनताको जिवन शैलीमा परिवर्तन ल्याउने आधारलाई सबै मिलेर अगाडी बढाउनु पर्ने धारणा राखिन् । सहकारीबाट हामीले पाउने सेवा सुविधालाई सहि ठाँउमा सदुपयोग गर्न सक्यौ भन्ने सहकारी पनि सफल बन्छ नभए सहकारीले गरेको लगानी उद्धेश्य विहिन भयो भने सहकारी घाटामा जाने कुरा स्पष्ट देखिएको छ, अधिकारीले भनिन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेम बहादुर पाठकले किसानहरुको सहकारीप्रतिको विश्वासमा खुशी प्रकट गर्दै सहकारी र सहकार्यले जति ठुला कामहरुपनि सहज ढंगले गर्न सकिने धारणा राख्दै सबैले सहकारी र सहकार्यको बाटो अवलम्वन गरी आयआर्जन सँग जोडिएर अगाडी बढ्नुपर्ने धारणा राखे । महिलाले नेतृत्व गरेको यो सहकारीले ७४ लाख नाफा गर्न सफल भएको र महिला कै नेतृत्वमा २ तल्ले भवन न्यून लागतमा निर्माण सम्पन्न भएकोले महिलाले पनि अबसर पाए सबै काममा अब्बल हुन सक्छन र हरेक काम पारदर्शी हुन्छ भन्नेमा स्पष्ट भएको बताए । प्रमुख अतिथि पाठकले भने ‘सहकारीले पैस दिनु पहिलो प्रथमिकता नभई ज्ञान र सिप दिन्छ भन्ने कुरालाई बुझनु पर्छ । किसानहरुले जुन उद्देश्य प्राप्तीको लागि कर्जा लिएको हो सो उद्देश्यमा लगानी गर्नुपर्छ, उनले भने कर्जा लिएपछि आयमूलक क्षेत्रमा लगाउन सकिएन भने लिएको कर्जापनि तिर्न सक्ने अवस्था रहदैन । सहकारी बाट लिएको कर्जा आयआर्जन बढाउने कार्यहरु जोड दिन आग्रह गरे ।

२०६६ सालमा साना किसान कृषि सहकारी संस्था लि. महादेवपुरीले सानाकिसान अनुसरण कार्यबाट शुरु भएको संस्थाले २०६७ साल देखि पूर्ण कारोबार सुरु गरेको हो । कठिन परिस्थितीलाई कृषकको जिवनस्तर सँग जोडेर सञ्चालन भएको कोहलपुर साना किसान सहकारी संस्था लि.बाट दुई सय १५ समुहका १ हजार १ सय ६६ घरधुरीहरु लाभान्वित भएका छन् ।

कोहलपुर साना किसान सहकारी संस्थाले आफ्नो १३ औं बार्षिक साधारण सभामा २ दर्जनभन्दा बढि शेयर सदस्यलाई सम्मान गरेको छ । सहकारीले शेयर समूह, समूह बचत, बाल बचत, बाख्रा पालन व्यवसायीक, गाई पालक, उत्कृष्ट व्यवसाय सञ्चालक, उद्योग सञ्चालक, उत्कृष्ट अन्तर समूह, तरकारी खेती, कुखुरा पालक व्यवसायी र फ्रेस हाउस व्यवसायीलाई सम्मान गरिएको थियो ।

१३ औं बार्षिक साधारणसभामा किसान विकास लघुवित्त वित्तिय संस्था लिका शाखा प्रबन्धक शेर बहादुर चौधरी, जिल्ला सहकारी संघका अध्यक्ष एकता शाह, लुम्बिनी प्रदेश कृषि सहकारी संघका सञ्चालक सदस्य देव बहादुर वली, साना किसान कृषि सहकारी संस्था चिसापानीका अध्यक्ष मातली मल्ल, साना किसान कृषि सहकारी संस्था बनकटुवाका अध्यक्ष ओम कुमारी वली, साना किसान कृषि सहकारी संस्था टिटिहिरियाका अध्यक्ष देवीसरा शाही र साना किसान कृषि सहकारी संस्था खजुराका अध्यक्ष कमला ढुङ्गाना, लगायत मुख्य कार्यालयका प्रबन्धक हरिश चन्द्र केसी, बनकटुवाका प्रबन्धक निर्मला रोकाय, टिटिहिरियाका प्रबन्धक दिलमाया चौधरी, पत्रकार लगायत शेयर सदस्यहरुको उपस्थित रहेको थियो ।