१७ कार्तिक, कोहलपुर । गुल्मीको शान्तिपुरमा एक बालिकाको शव बिहिबार फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी अन्दाजी १५ वर्षीय मनिषा रूचालको शव फेला परेको हो।
बिहिबार दिउँसो १ बजे शान्तिपुरकै खेतमा धान काट्ने खेतालालाई सुर्ति लिन भनी बजार गएकी मनिषा सम्पर्कविहिन भएकी थिइन् । उनको शव आज विहान शान्तिपुरकै पुरानो बजारदेखि उदय मावि जाने पुलको तलपट्टी खोलाको बीच भागमा फेला परेको वडाध्यक्ष बल बहादुर बस्नेतले जानकारी दिए ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मनिषालाई बलात्कार गरि हत्या गरिएको आशंका गरिएपनि पुष्टि भने भएको छैन । उनी उदय माविमो कक्षा ९ मा अध्ययनरत थिइन् । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । by. lumbininews.com
कोहलपुर खबर । १७ कार्तिक २०८०, शुक्रबार १०:५७