मलेसियाले नेपाललाई दियो १६६ रनको चुनौती

१४,कात्तिक कोहलपुर । आईसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा मलेसियाले नेपालसामू जितका लागि १ सय ६६ रनको चुनौती दिएको छ।

त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको हो।

ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका छन्। ५।३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। त्यतिबेला नेपालले १ विकेटको क्षतिमा ४९ रन जोडेको थियो।

उत्कृष्ट सुरुवात गरेको मलेसियाले पावर प्लेमा १ विकेटको क्षतिमा ६० रन जोडेको थियो। त्यसपछि भने नेपालले मलेसियाको रन रोक्ने कोशिस गरेको थियो।

नेपालका लागि पहिलो विकेट अभिनास बोहराले ५,५ ओभरमा लिए। उनले मलेसियाका ओपनिङ ब्याट्सम्यान जुबाइदी जुल्किफीलाई २४ रनमा कुशल मल्लबाट २४ रनमा क्याच गराए।

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित ष्पौडेलले एकरएक विकेट खसाले। पहिलो खेलमा हिजो सिंगापुरलाई ८ विकेटले हराएको नेपाल आज दोस्रो जितको खोजीमा छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ।