१३ कार्तिक ,नेपालगन्ज । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा देशभरका शाखाहरुमार्फत विभिन्न कार्यक्रमहरुको आयोजना गरि बार्षिकउत्सव मनाएको हो । बैकले आफ्ना विभिन्न शाखाहरुमार्फत सोमबार विभिन्न कार्यक्रम गरि उत्सव मनाएको छ । उत्सवको अवसरमा नेपालगन्ज शाखा कार्यालयले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेको क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
बैंकले बाँके र बर्दिया जिल्लामा कार्यरत ८ जना कर्मचारीको सेवा अवधी ५ बर्ष पुरा भएको अवसरमा उनिहरुलाई सम्मान गरेको छ । सम्मान हुनेहरुमा किष्मा बेलवासे, आलोक नाग, सृष्टि केसी, ईश्वरी डाँगी, राजन केसी, हस्त बूढा, अशोक कुमार रावल र विल्सन थारु रहेका छन् । सम्मानित कर्मचारीलाई क्षेत्रिय प्रबन्धक खड्काले कदरपत्रले सम्मानित गर्नुभएको थियो । सांग्रिला बैंकले देशभर नै कर्मचारी सम्मान लगायत बिभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको छ ।
कोहलपुर खबर । १३ कार्तिक २०८०, सोमबार २२:०६