१८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज विहान भेटवार्ता भयको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधमण्डलस्तरीय भेटवार्ता गरेका हुन ।
आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डको सम्मानमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने र दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ । प्रधानमन्त्रीे विगतका केही वर्षमा नेपाल–भारत सम्बन्धमा देखिएको उतारचढावलाई सहजीकरण गर्ने उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड पर्सि शनिवार स्वदेश फर्किनु हुनेछ । प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका क्रममा हिजो भारतको नयाँ दिल्ली पुग्नुभएको हो ।
कोहलपुर खबर । १८ जेष्ठ २०८०, बिहीबार १२:४९