२७ असार नेपालगन्ज/ बालयौन दुरचार मुद्दामा फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा, जिल्लाको डुडुवा गाउँपालिका वडा नंं. ४ बस्ने अनिस नाउ रहेका छन । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । नाउमाथि बाँके जिल्ला अदालतको २०७८ कार्तिक ३० गतेको फैसलाले बाल यौन दुरचार मुद्दामा ३ महिना ८ दिन कैद सजाए तोकिएको थियो । उनी यस अघि सम्म फरार रहेका थिए ।
नाउलाई पक्राउ गरी सोमबार नै बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
कोहलपुर खबर । २७ असार २०७९, सोमबार १४:१९