१३ असोज, सुर्खेत । होस्टेलमा कक्षा २ मा अध्यायनरत बालक झुण्डिएको अवस्थामा भेटिएपछि सुर्खेतको वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका बोर्डिङ स्कुल बालकका आफन्तले तोडफोड सहित आगजनी गरेका छन् ।
शुक्रबार विद्यालको होस्टेलमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का ८ वर्षीय सलाम पुलामीमगर भुण्डिएको अवस्थामा फेला परेपछि आफन्त आन्दोलित बनेका हुन् । बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरीरहेको छ ।
यस घटनाका कारण बालकका आफन्तहरु आन्दोलित भई विद्यालयमा आगजनी गर्दा पनि यस विषयमा विद्यालयले कुनै प्रतिक्रिया दिएको छैन ।
कोहलपुर खबर । १३ आश्विन २०८०, शनिबार १४:०३