चुनावी प्रचारमा हिडेका स्वर्णिम वाग्लेका बाबुआमा चडेको कार तोडफोड

८ वैशाख तनहुँ ।

वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोड्फोड् भएको छ । बिहीबार राति पार्किङ गरेर छाडेको कार बिहान तोड्फोड भएको अवस्थामा भेटिएको छ ।

चैत २७ गते चितवनदेखि वाग्लेका बाबुआमालाई तनहुँ अञ्जित अर्यालले ल्याएका थिए । अञ्जित अर्याल भने स्वर्णिम वाग्लेका ठूलिआमाका छोरा हुन् । वाग्लेले उनलाई निर्वाचनको समयमा आफ्ना बाबुआमालाई चुनावी प्रचारमा लिएर हिँड्दै आएका थिए । ‘बिहीबार बेलुका साढे ८ बजे कारलाई दमैली बजारमा रहेको मालपोत कार्यालय अगाडि रहेको सन्तोष होटलमा राति पार्किङ गरेर राखेको अबस्थामा कार तोड्फोड भएको हो ।

होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको सिसा तोड्फोड भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार विकले बताएका छन् । इन्स्पेक्टर विकका अनुसार कार दीलकमारी खनालको नाममा छ। घटनाको बारेमा अनुसन्धान भइरहेको इस्पेक्टर विकले बताए ।