२३ पुष कोहलपुर /
कोहलपुर जेसिजको १४ औं वार्षिक साधारण सभा र १५ औं शाखा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी द्वारा दियो बालेर कार्यक्रमको समुद्घाघाटन गर्नु भएको हो ।
उट्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुबेदिले जेसिजले हामीलाई सिक्ने एउटा ठुलो अवसर दिदै आएको र विशेष गरि युवा पुस्तालाई लक्षित गरि जेसिजले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको छ । ” उनले भनिन् ” “उनका अनुसार समाज रुपान्तरणको लागि जेसिजले अग्रगामी भुमिका निवार्ह गरि सामाजिक कार्यहरुमा सक्रिय रहेको र आगामी दिनमा पनि कोहलपुर नगरपालिकाको सहयोग निरन्तर रहने उपप्रमुख संगिता सुबेदिले बताईन ।
१५ औं शाखा अधिवेशनबाट अध्यक्षमा धुर्व आचार्य , कार्यकारी उपाध्यक्षमा कमल शाही , टीका कुमारी शाही उपाध्यक्षमा अभिषेक जंग राणा , मदन भण्डारी , रमेश थापा र मान बहादुर थापा सर्वसम्मत निर्वाचित भएका हुन् ।
अधिवेशनलाई सम्बोधन गर्दै कोहलपुर जेसिज वर्ष २०२२ का अध्यक्ष ईश्वर शर्माले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै उनले वर्ष २०२२ मा आफुलाई निरन्तर रुपमा साथ सहयोग गर्ने पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै वर्ष २०२३ मा नया पदाधिकारीहरुले उत्कृष्ट कामहरु गरि जेसिजलाई समाज रुपान्तरणको बाटोमा अगाडि बढाउनु पर्छ भनी अध्यक्ष शर्माले जोड दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर जेसिज वर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष धुर्व आचार्यले वर्ष २०२२ मा अधुरा रहेका कामहरुलाई यो वर्ष पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनका अनुसार ” समाज रुपान्तरणका लागि युवा पुस्तालाई विभिन्न किसिमका तालिमहरु प्रदान गरि उद्यमशीलताको बाटोमा अघि बढाउने र जेसिजको माध्यम बाट अग्रगामी भुमिका खेल्ने नवनिर्वाचित अध्यक्ष आचार्यले बताएका हुन् ।
त्यस्तै कोहलपुर जुनियर जेसिजको ७ औं शाखा अधिवेशनबाट पनि जुनियर जेसिज वर्ष २०२३ का लागि यमु कडेलको अध्यक्षतामा ७ नयाँ कार्यसमिति चयन गरेको छ । कार्यकारिणी उपाध्यक्षमा मुनम भण्डारी र असिम सिग्देल उपाध्यक्षमा बिन्दु बिष्ट , आनन्द कठायत , कृति सिंह ठकुरी र बिमल मल्ल सर्वसम्मत चयन भएका छन् । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष यमु कडेलले उनका अनुसार विगतका वर्षहरुभन्दा यो वर्ष समाज रुपान्तरणको लागि उत्कृष्ट कामहरु गरि जुनियर जेसिजलाई नमुना शाखा बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन ।
कोहलपुर खबर । २३ पुष २०७९, शनिबार १०:१५