२६ मंसिर कोहलपुर । माया प्रेममा सम्बन्धित प्रेमिल गीत ‘मायाको बगैचा’ सार्वजनिक भएको छ । कलाकार बलु तामाङको शब्द रचना रहेको गीत सोमबार कोहलपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । गीतमा कलाकार तथा गायिका अनिता लामिछानेको स्वर रहेको छ । लामिछानेको यो पहिलो गीत हो ।
उनी २०६७ सालदेखि कलाकारितामा सक्रिय छिन् । दर्जन भन्दा बढी फिल्म र टेली श्रृंखलामा अभिनय समेत रहेकी छन्। म्युजिक भिडियोको निर्देशन सविन पौडेलले गरेका हुन् भने छायांकन र भिडियो सम्पादन कुन्दन चन्दले गरेका हुन् ।
साइराम म्युजिक नामक युट्युव च्यालनबाट सार्वनजिक भएको हो । गीतमा इश्वर रिजाल र सुदिपा पाठकको अभिनय रहेको छ । रिजालले कहिलेसम्म दर्जन बढी गीतमा अभिनय गरिसकेका छन् । पाठकको यो गीत अभिनय गरेको पहिलो भिडियो हो । गीतकार तामाङका अनुसार गीत कोहलपुरस्थित तानसेन रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।
उनले युवायुवतीको मायाप्रेममा आधारित रहेको बताए । उनले गीतमा प्रेमप्रेमिका प्रतिको समर्पणको कथा समेत रहेको बताएका हुन् । प्रेममा सफल भएकाहरुको कथा समेत रहेको उनको भनाइ छ । मोडल सुदिपाले आफूले पहिलोपटक अभिनय गरेको गीत सबैले मन पराइदिने विस्वास व्यक्त गरिन् ।
भिडियो हेर्नुहोस्
कोहलपुर खबर । २६ मंसिर २०७९, सोमबार १९:४७