प्रेस सेन्टर नेपाल बाँकेका नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ

प्रेस सेन्टर नेपाल बाँकेको सातौं अधिबेशनबाट सर्वसम्मत चयन भएका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल बाँके शाखाको नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन् ।

शुक्रबार आयोजित एक कार्यक्रमका विच प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज डाक्टर डक्ट प्रसाद धितालले सपथ ग्रहण गराएका हुन् ।

प्रेस सेन्टर नेपाल बाँकेका निवर्तमान अध्यक्ष राजेश आचार्यको सभाध्यक्षमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि नेकपा माओबादी केन्द्र बाँकेका जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ रहेका थिए ।

यस्तै विशिष्ट अतिथि माओबादी केन्द्र बाँकेका जिल्ला सचिव डिल्ली प्रसाद बराल, प्रेस सेन्टर केन्द्रीय सदस्य शिव सुनार, सुशिल लामिछाने, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले लगायतले बधाईसहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
सपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष चन्द्र बोहराले आफ्नो कार्यकालमा संगठन थप मजबूद र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले संगठनलाई चलयमान र क्रियाशील बनाउन आवश्य सबैसँग हातेमालो गरि अघि बढ्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

उनले संगठनलाई थप गतिशिल बनाउन जिल्ला कमिटिको प्रत्येक महिना २५ गते मासिक बैठक बस्ने जनाउदैँ योजनाबद्धरुपमा संगठन सुदृढिकरण गर्ने, सदस्यहरुलाई प्रशिक्षण दिनुका साथै पत्रकारिता तालिम समेत दिने बताए । प्रेस सेन्टर बाँकेको सातौं जिल्ला अधिवेशनबाट बोहरा सर्वसम्मत अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।

चन्द्र बोहराको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्माण गरिएकोछ । जसमा वरिष्ठ उपाध्यक्ष के.पी. घिमिरे, उपाध्यक्ष महिला सीता वली, सचिव पुष्पराज हमाल, सह-सचिव सन्तोष विष्ट, सह-सचिव अनिता बिक र कोषाध्यक्षमा विवेक रेग्मी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा पहल बहादुर के।सी।, कबिन्द्र परियार, अमरबहादुर शाही, युसुफ अन्सारी, रामगोपाल विश्वकर्मा र कल्पना शाही, विनय पाठक, सुशिला शर्मा, लक्ष्मी परियार, सुनिल कुर्मी लगायतका निर्वाचित भएका छन् ।

यसअघि जिल्लाका ८ वटै पालिकामा एकैपटक पालिका समितिको अधिवेशन गरेको सेन्टरको पुष २४ गते जिल्ला अधिवेशन भएको थियो ।

हालसम्म जिल्लाका ८ पालिकामध्ये ५ पालिकाको अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएकोछ । जसमा कोहलपुर, नेपालगन्ज, खजुरा, जानकी र डुडुवा गाउँपालिकाले नयाँ नेतृत्व चयन गरेको छ । बाँकी बैजनाथ, राप्तीसोनारी तथा नरैनापुरको पालिका अधिवेशन पुष मसान्त भित्र गर्ने तयारी गरिएको छ ।

प्रेस सेन्टर नेपालले यही माघ १५ देखि १७ गते सम्म नवौँ राष्ट्रिय महाधिवेशन संघीय राजधानी काठमाडौंमा गर्दैछ । राष्ट्रिय महाधिवेशन अगावै पालिका, जिल्ला र प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्नुपर्ने भएका कारण देशैभर सबै कमिटीहरूको अधिवेशन भएको हो ।

देश संघीय व्यवस्थामा प्रवेश गरेसँगै सबै संघ संस्था संगठनहरू संघीय स्वरूपमा गएका छन् । जनपक्षीय पत्रकारीताको वकालत गर्ने सेन्टर पालिका तहमा संगठन विस्तार गर्ने पत्रकारको पहिलो संगठन हो ।