६ असोज कोहलपुर / बाल यौन दुरुपयोग मुद्दामा फरार प्रतिवादी पक्राउ पक्राउ परेका छ्न ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका ११ बस्ने वर्ष ३१ को प्रकाश खत्री रहेको जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएको छ ।
बाँके जिल्ला अदालतको मिति २०७५ फागुन ०२ गतेको फैसलाले खत्रीलाई बालयौन दुरुपयोग मुद्दामा ९ महिना १४ दिन कैद सजाय तोकिएको थियो । उनी फैसला पछि हालसम्म फरार रहेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय बाँके बाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।
कोहलपुर खबर । ६ आश्विन २०७९, बिहीबार १५:४०