कोहलपुर – २०७९ असोज ५ गते, बुधवार, २१ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष एकादशी तिथि । तिष्य नक्षत्र। चन्द्रराशि– कर्कट ।
उपप्रा। लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तर्क र विवादमा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कडा परिश्रम व्यर्थै खेर जान सक्छ । वैदेशिक कार्यमा अवरोध हुनेछ । कताकता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रका कार्य अघि बढ्नेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन मनोरञ्जनपूर्ण समय रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल
कोहलपुर खबर । ५ आश्विन २०७९, बुधबार ०६:०७