झुन्डिएको अवस्थामा एक युवतीको शव फेला

३१ साउन, कोहलपुर । कोहलपुरमा एक युवतीको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

कोहलपुर नगरपालिका वडा नं. ९, पिपरीस्थित दुग्ध विकास संस्थान (डिडिसी) परिसरको रूखमा झुन्डिएको अवस्थामा युवतिको शव भेटिएको हो ।
चौरजहारी नगरपालिका-४ पश्चिम रुकुम घर भइ हाल कोहलपुर बस्दै आएकी १५ वर्षकी निर्मला पुनको शव झुन्डिएको अवस्थामा फेला रहेको कोहलपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगीले बताए । योगीका अनुसार मृतक युवती कोहलपुर १० को त्रिभुवन मा.वि.मा कक्षा ९ मा अध्ययनरत थिईन ।

घटनाको थप विवरण आउन बाँकि छ ।