२४ जेठ, धनगढी । आज संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठकमा सुुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार (आज) ल्याउने भएको छ ।
प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे प्रस्तुत गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहले जानकारी दिए ।
मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाउने तयारी छ । सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएपनि सुदूरपश्चिममा भने ढिलो गरिएको हो ।
कोहलपुर खबर । २४ जेष्ठ २०८०, बुधबार ११:२९